मकवानपुरमा छैन मल अभाव

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

बागमती:मकवानपुरमा किसानका लागि आवश्यक रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कंम्पनी लिमिटेडको प्रादेशिक कार्यालय हेटौडाले जानकारी दिएको छ ।

कार्यालयले गोदाममा युरिया र डिएपी मल मागअनुसार मौज्दात रहेको दाबी गरेको छ । हाल किसानका लागि आवश्यक गहुँवालीसहित तेलहन र तरकारी खेतीका लागि कार्यालयबाट मल वितरणको काम भइरहेको छ ।

जिल्लामा रहेका अधिकार प्राप्त सहकारी संघ/संस्थामार्फत् बिक्री वितरणका लागि मल ढुवानी भइरहेको कार्यालयका लेखा अधिकृत उपेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यालयसँग हाल युरिया मल एक सय १८ मेट्रिकटन र डिएपी मल एक सय ३८ मेट्रिक टन मौज्दात छ । मकवानपुरका १० स्थानीय तहका किसानका लागि एक सय २० सहकारी संस्थामार्फत् मल बिक्री वितरण भइरहेको कार्यालयको भनाइ छ ।

जिल्लाका अन्य पालिकामा मत वितरणको काम भइरहे पनि राक्सिराग र कैलाश गाउँपालिका दुर्गममा रहेकाले मल वितरणमा समस्या भइरहेको छ ।

यसअघि कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा युरिया मल ४४२ मेट्रिक टन र डिएपी मल ३०१ मेट्रिकटन बिक्री वितरण गर्ने बताएको थियो ।
कार्यालयका अनुसार युरिया मल प्रतिबोरा रु ८०१ तथा डिएपी मल प्रतिबोरा रु २ हजार २५१ मा बिक्री भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?