सोलुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने

सोलुखुम्बु:सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना हुने भएको छ । आज कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टबीच सम्झौता भएको हो ।

सम्झौतापत्रअनुसार पहिलो पक्ष थुलुङ दुधकोशी गाउँपालिकाले रु १० लाख व्यवस्था गरी भवन निर्माण गर्नेछ भने दोस्रो पक्षले सम्झौता अवधिमा एक जना पूर्णकालीन कर्मचारीको व्यवस्था गरी आवश्यक सीप तथा औजार सामग्री हस्तान्तरण गर्नेछ । साथै जैविक मलको ब्राण्ड र बजारीकरण गरिनेछ । कार्यक्रममा महिला उद्यमशीलतामा जोड दिइने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । उहाँका अनुसार उद्यमशीलता विकासका लागि पाँच महिलालाई रु एक लाख ५० हजार अनुदान उपलब्ध गराइनेछ । विसं २०८२ को पुस मसान्तसम्म उक्त कार्य पूरा गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

आज गरिएको सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष राई र डेभलपमेन्टका अध्यक्ष माधवी मगरले हस्ताक्षर गर्नुभएको छ । जैविक मल निर्माणपश्चात् यहाँको कृषि उत्पादनसँगै आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको पालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?