कुटानी– पिसानी परम्परागत पानी घट्टकै भर

मान्म: मान्मकालीकोट नरहरिनाथ गाउँपालिकाका बासिन्दा कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् । रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको गाउँपालिकामा कुटानी–पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन ।

नरहरिनाथ–८ खुलालुदेखि वडा नं ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानी घट्ट छन् । नरहरिनाथ –९ लालुमा स्थित श्री जनप्रभात माविका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले भन्नुभयो, “खुलालुदेखि लालु, माल्कोट र रुप्सासम्म रहेको रहगाड खोलामा पराम्परागत पानी घट्ट रहेका छन् ।”

आधुनिक मिल नहुँदा गहुँ, कोदो, मकै पीठो बनाउनका लागि पराम्परागत पानी घट्टको प्रयोग हुँदै आएका कारणले एउटै खोलामा धेरै पानी घट्ट भएको नरहरिनाथ–१ कोटबाडाका स्थानीय कटबहादुर विष्टले बताउनुभयो । “नरहरिनाथ गाउँपालिकामा पाँचवटा गाउँ रहेका छन् । लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँ यहाँका सबैले कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् ।” उहाँले भन्नुभयो, “त्यसैले रहगाड खोलामा धेरै पानी घट्ट रहेका हुन् ।”

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनगणनाअनुसार नरहरिनाथ गाउँपालिकामा पारिवारिक घरधुरीको सङ्ख्या चार हजार चार सय २२ रहेको र जनसङ्ख्या २२ हजार चार सय १४ जना रहेकामा सबैले पानी घट्टमा नै कुटानी–पिसानी गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले जानकारी दिनुभयो । “गाउँपालिकाभरि कुटानी– पिसानीका लागि आधुनिक मिल छैन ।” उहाँले भन्नुभयो, “गाउँपालिकाका सबै जनाले पानी घट्टमा नै कुटानी–पिसानी गरेको पीठो खानुहुन्छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?