म किसान……!!!

म किसान,
बिहान झिसमिसेमा उठेर कोदाली बोकेर हिड्छ किसान !
हलो जुवा बोकेर जोत्न हिड्छ किसान !!
आफ्नो खेतमा आँफै कुलो लेराउछ किसान !
बीउ जस्तो आउछ उस्तै आँफै रोप्छ किसान !!
आयातित मलको लाइनमा भोकभोकै आँफै बस्छ किसान !
गोडमेलमा फेरी आँफै लाग्छ किसान !!
कहिले भेल कहिले बाढि तै पनि दु:ख गर्छ किसान !
टिप्ने,काट्ने,बोक्ने भित्र्याउने सबै आँफै गर्छ किसान !!
अनी भेट हुन्छ सुनको सिक्री टलक्क टल्किएको व्यापारी सँग !
अनी लुटिन्छ किसान !!
राज्यको सबै आँखे ढोका बन्द हुन्छ !
अनी पिडामा सुत्छ किसान !!!
फेरी विहानी झिसमिसेमा उठेर कोदाली बोकेर हिड्छ किसान !!