आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौँ:हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७९ पुस ३० गते (शनिवार)
दिउँसोː कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ १ गते (आइतबार)
दिउँसोː प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात तथा सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने सम्भा
