उखुको न्यूनतम खरिद मूल्य तोकियो, प्रतिक्विन्टल रु पाँच सय ४० निर्धारण

काठमाडौँ:सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु पाँच सय ४० निर्धारण गरिएको हो । यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल रु २० ले बढी हो । गत आर्थिक वर्ष सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु पाँच सय २० तोकेको थियो ।

उखु किसानलाई सरकारले दिने अनुदान भने यथावत् राखिएको छ । “उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ अनुसार चालु आर्थिक वर्षका लागि सरकारले उखु किसानलाई दिने अनुदान भने यथावत् राखिएको छ ।

यस वर्ष पनि उखु किसानले प्रतिक्विन्टल रु ७० अनुदानका रूपमा पाउनेछन्”, कृषि मन्त्रालयले विज्ञप्तिमा भनेको छ । सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत जोड्दा किसानले चालु आर्थिक वर्षका लागि उखु बिक्रीमा न्यूनतम रु छ सय १० पाउनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?