बाख्रा चराउन गएका बोहराको भीरबाट लडेर मृत्यु

बाजुरा: जिल्लाको गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर आज एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–२ मल्दुगुनका स्थानीय ४५ वर्षीय रामबहादुर बोहरा रहेका छन् । गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको आफन्त शुक्रराज बोहराले राससलाई जानकारी दिनुभयो ।

उहाँले बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेको बताउनुभयो । मृतकका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?