खाग चोरी भएको अवस्थामा दुई गैँडा मृत फेला

कावासोती:नवलपुरको मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिएको छ । निकुञ्जकका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ गएको तिवारीले बताउनुभयो ।

स्थानीयवासीका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशङ्का छ । अहिले गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने अनुमान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?