मलको सहज आपूर्तिका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

काठमाडौँ:दिगो विकास सुशासन समितिका सभापति प्रकाश पन्थले किसानको हातमा सहजरुपमा मल पु¥याउनका लागि कार्ययोजना बनाइ कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

दिगो विकास सुशासन समितिले आयोजना गरेको ‘किसानलाई कृषि मल एवं बीउबिजन समयमा उपलब्ध गराउने सुनिश्चिता’ विषयक छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रासायनिक मल आपूर्तिका लागि सबै निकायको समन्वय र सहयोगमा मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आगामी जेठदेखि असारसम्म थप ९० हजार मेट्रिक टन मल आवश्यक पर्ने भन्दै यसका लागि रू सात अर्ब ७३ करोड आवश्यक भएको बताउनुभयो ।

आर्थिक वर्ष २०७८/७९ मा एक लाख ७७ हजार पाँच सय छ मेट्रिक टन आपूर्ति भएकोमा चालु आवमा हालसम्म तीन लाख २४ हजार मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भएको थियो । जसमध्ये एक लाख ३८ हजार एक सय मेट्रिक टन भित्रिएको र एक लाख ३६ हजार छ सय मेट्रिकटन बिक्री वितरण भइसकेको सचिव शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा उत्पादकत्व वृद्धि, गुणस्तरीय बिउ प्रदान, उत्पादित वस्तु बजारीकरणको समस्य समाधान, उत्पादनको अनुपात, आवश्यकताका आधारमा मल वितरण, अनुगमन सुदृढ बनाउन तथा दीगो व्यवस्थापनका लागि मल कारखाना खोल्नुपर्ने विषयमा छलफल भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?