आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ
काठमाडौँ:हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै आज राती प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ १४ गते (शनिबार)
दिउँसोː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ १५ गते (आइतबार)
दिउँसोː सुदुर पश्चिम को उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन छ ।
