नष्ट गरियो ११ सय ४० किलो अखाद्य मह

कपिलवस्तु:कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार सो परिमाणको मह ७६ डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थामा बरामद गरिएको हो । विभिन्न हानिकारक तत्व मिसाएर बनाइएको सो महको बजार मुल्य रु दुई लाख ८५ हजार रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?