भेडाबाख्राका प्रमुख लाग्ने रोग,लक्षण र रोकथामका उपायहरू – जानिराखौं

क) पी. पी. आर.
लक्षणहरू:
१०६ देखि १०८ डिग्री फरेनहाइटसम्मको ज्वरो आउँछ । आहार र पानी खान छोड्छ र आँखा रातो देखिन्छ ।
गिजा र जिब्रो तिरबाट घाउ आउन सुरु हुन्छ र बिस्तारै मुखतिर पनि फैलिन सक्छ। छेरौटी लाग्छ आँखाबाट चिप्राहरू आउने र नाकबाट बाक्लो पहेँलो सिंगान बग्छ । खोकिरहन्छ ।
रोकथामः
बाख्रालाई पी पी. आर. मुक्त राख्न खोप लगाउने। सुरुमा ३ महिनाको उमेर पुगेपछि पहिलो पल्ट खोप लगाउने र वर्षैपिच्छे दोहोर्याउने ।
ख) मुआलो
रोगका लक्षणहरूः
यो रोग लाग्दा मुख वरिपरि घाउ आउँदछ र पछि पाप्रा बन्दछ । मुखको चेपबाट प्रायः सुरु हुने यस्तो घाउ क्रमशः मुख वरिपरि, जिब्रोतिर, कान वरिपरि, खुट्टाको छालातिर, अण्डकोण, कल्चौंडा, सुत आदिको वरिपरि समेत देखिन्छ । मुख वरिपरि घाउ आउने हुँदा घाँस, पानी खानमा समस्या आउँछ र पशुहरू क्रमशः दुब्लाउँदै जान्छ ।
कहिलेकाहीँ ३-४ हप्तामा यो घाउ आफैं निको भएर जान्छ ।
।
उपचारः
यसको पनि खास उपचार छैन तर घाउ सफा गर्ने एन्टिसेप्टिक औषधी वा एन्टिबायोटिक्स औषधीको प्रयोग