किसान सङ्घर्ष समितिद्वारा आयोगको ध्यानाकर्षण

काठमाडौँ:तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान सङ्घर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ । लाई ज्ञापनपत्र बुझाउनुभएको छ । समितिका संयोजक लेखनाथ भुसालले आयोगलाई आज ज्ञापनपत्र बुझाउनुभएको छ ।

संयोजक भुसालले आयोगका सदस्य टेकबहादुर बोगटीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । तरकारी तथा पशुजन्य उत्पादनलाई सरकारी निकायबाट संरक्षण प्राप्त नभएको र भारतीय बजारबाट तरकारी तथा कृषिजन्य वस्तुको आयात नरोकेको ज्ञापनपत्रमा उल्लेख छ । उहाँले किसानको सूचीकरण, वर्गीकरण एवं परिचयपत्र वितरण तथा क्षेत्रफलका आधारमा अनुदान दिने नीति निर्माण तथा कृषिलाई औधोगिकीकरण गर्नुपर्ने, तरकारी तथा कृषि उपजको लागत मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गर्नुपर्ने, रासायनिक मल, बीउ, बिजन र विषादी सर्वसुलभ तथा समयमै उपलब्ध गराउनुपर्ने, बाँझो जमिनमा अनिवार्य खेती गर्न लगाउन कडा कानुन बनाउनुपर्नेलगायत माग समितिले राखेको छ ।

ज्ञापनपत्र बुझ्दै आयोगका सदस्य बोगटीले सङ्घर्ष समितिले पेस गर्नुभएका माग समाधानका लागि पहल गरिने बताउनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले किसानका मागबारे केन्द्रको ध्यानाकर्षण भएको बताउनुभयो । किसान आयोगका सदस्यसचिव दुर्गाप्रसाद पण्डितले गुनासा आयोगको निःशुल्क टोल फ्री नं १६६००१०६१८२ मा सिधै सम्पर्क गरी पठाउन किसानलाई आग्रह गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?