आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौँ:हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका

  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ।

 

त्यस्तै आज राती प्रदेश नं. १ को पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

२०७९ फागुन १ गते (सोमबार)

दिउँसोː देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

रातीː प्रदेश १ का  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

२०७९ फागुन २ गते (मंगलबार)

दिउँसोː प्रदेश १ का  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

रातीː प्रदेश १ का  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

प्रदेश नं. १ र गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी समेत लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments