पशुपालक कृषकलाई उन्नत जातको बोका वितरण

बोयर बोका

ढोरपाटन:बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ ।

चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिनुभयो । नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उहाँको भनाइ छ ।

नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । तेइस जनाको निवेदन आरेकोमा १५ जनाले बाख्रा तथा बोका पाएका छन् । जमुना पारी जातको छ बाख्रा, तीन बोका, बोयर जातका छ बोका र नौ बाख्रा कृषकलाई वितरण गरेको उहाँको भनाइ छ ।

प्रमुख खड्का भन्नुहुन्छ, “यहाँका कृषकलाई नगरपालिकाले अघिल्लो वर्ष पनि अनुदानमा बाख्रा वितरण गरेको थियो, यसलाई निरन्तर दिइराखेका छौँ, योसँगै कृषकलाई खोप, तालिम तथा परामर्श पनि दिइराखेका छौँ, यहाँ धेर व्यावसायिकरुपमा पशुपालनमा पनि लाग्नुभएको छ, उहाँहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर काम गर्ने प्रयास गरेका छौँ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताउनुभयो । उहाँले ढोरपाटन क्षेत्र पशुपालनका लागि निकै उपयुक्त ठाउँ रहेको जनाउँदै कृषकलाई प्रशिक्षित बनाउने, अनुदानको व्यवस्था गर्ने र उत्पादनसँग जोड्ने गरी योजना बनाएको जानकारी दिनुभयो ।

“हामीहरुले तरकारी तथा फलफूल खेती गर्ने कृषकलाई टनेल वितरण ग¥यो, धेरैले सदुपयोग गर्नुभयो”, “केहीले दुरुपयोग गर्नुभयो, यहाँ थुप्रै खाली जग्गा छन्”, “स्थानीयलाई परिचालन गरी यी जग्गालाई उत्पादनसँग जोड्ने”, उहाँले भन्नुभयो, “कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गर्न एउटा खाका तयार पारेका छौँ, दूध, मासु र अण्डामा ढोरपाटनलाई आत्मनिर्भर बनाउन जोड दिएका छौँ ।”

उपप्रमुख कायतले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि पश्चिम बागलुङका स्थानीय तह एकजुट हुनुपर्नेमा जोड दिनुभयो । आयातित कृषिउपज वस्तुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments