चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा नेपालको चिया सर्वोत्कृष्ट

चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने प्रयोजन

काठमाडौं । नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ।

चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको छ ।

चीन, भारत, श्रीलंका, केन्यालगायत मुलुकमा उत्पादन भएका चियाका सयौं नमुना प्रतिस्पर्धामा सहभागी थिए ।

प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्राण्ड गोल्ड मेडल प्राप्त भएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टाईले बताए ।यो खबर आजको नागरिक दैनिकमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?