कृषि उत्पादन बढाउन मेला

स्थानीय काउली प्रतिकेजी ११५

रामपुर (पाल्पा): कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषिमेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।

मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र, बीउबिजन, नर्सरी बिरुवा बिक्री–वितरण, पशुरोग निदान तथा गोबर परीक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकार स्टल, प्लान्ट क्लिनिक, जैविक मल उत्पादन तथा माटो परीक्षण गरिने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

कृषि उत्पादन बढाउन, कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्न लागिएको यस मेलाले कृषकमा उत्साह थपिएको छ । ‘कृषि कर्ममा सहभागी बनौँ, परनिर्भरताको अन्त्य गरौँ’ भन्ने नारासहित कृषि सेवा केन्द्र दमकडा, मदनपोखरा सङ्गम सहकारी, कृषिमेला उपभोक्ता समिति तानसेन–९ को आयोजनामा मेला हुँदैछ ।

कृषि ज्ञान केन्द्र पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पाल्पाको सहयोगमा मेला गर्न लागिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?