कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने

मान्म:कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

“कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने कृषि उपजका वस्तु पहिचान दिएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै छौँ ।”

किसानले उत्पादन गरेका वस्तुको उत्पादनस्थलदेखि तीन किलो मिटरसम्म लागि ढुवानीको व्यवस्था कार्यालयले गर्ने प्रमुख देवकोटाको भनाइ छ । “ढुवानीसँगै उच्च मूल्यका कृषिजन्य वस्तु ठूला सहरमा बिक्री गर्ने व्यवस्था कार्यालयले मिलाउँछ”, उहाँले भन्नुभयो, “पुरानो रैथाने बाली चिनो, कागुनो र फापरको उत्पादन हुने क्षेत्र पहिचान गरिरहेका छौँ ।”

कालीकोटमा उत्पादन हुने रैथाने तथा अर्गानिक कृषि बाली पहिचानबिना बिक्री हुँदा उत्पादन कहाँ भएको हो भन्नेबारे कुनै जानकारी पनि नहुने भएकाले पहिचानसहित बिक्री गर्न लागिइएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments