खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

तुलसीपुर:खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गर्नुभयो । “खोलाको दुईपट्टि खेत छ, ठूला–ठूला खाडल पारिएको छ”, उहाँले भन्नुभयो, “तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।”

गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाउनुभएन । यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उहाँको भनाइ छ । खोलामा अहिले पनि ठूला–ठूला खाडल पारेर उत्खनन गरिएको छ ।

त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्यामा हुनुहुन्छ । खेतमा पानी नजाँदा उहाँको खेत पनि बाँझै रहने गरेको छ । त्यस क्षेत्रमा करिब एक सय बिघा खेत छ । वर्षात्मा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ ।

त्यो खोलामा व्यवस्थित अनुगमन नुहँदा मापदण्डभन्दा बढी उत्खनन हुने गरेको छ । जसले गर्दा किसान मारमा पर्ने गरेका छन् । खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?