सुन्तला खेती प्रबिधि :हावापानी,रोग,लक्षण र व्यवस्थापनका उपायहरू – जानिराखौं

सुन्तला जात फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको फल भित्र केस्रा केस्रा भित्र साना रसले भरिएको

थैलीहरु भएको फललाई जनाउंछ नेपालमा मुख्यतया खेति गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला , जुनार , कागती , निबुवा, मौसम , ज्यामिर , भोगटे ,विमिरो आदिलाई जनाउंछ क्षेत्र उत्पादनक हिसावले सुन्तला जात विश्वमा तेस्रो स्थान ओगटेको भने नेपालमा प्रथम स्थान ओगटेको विभिन्न तथ्यांकले देखाउँछ ।

 

हावापानी:-

सुन्तला फलफूललाई समष्टीगत रुपमा उपोष्ण फल भनिए पनि सुन्तलाका केही जातलाई उष्ण हावापानीमा पनि सफलताका साथ खेती गर्न सकिन्छ भने यी जातहरु १६०० मी. उचाईसम्म सजिलै खेती गर्न सकिन्छ नेपालको मध्यवर्ती पहाडी क्षेत्रमा यस किसिमको हावापानी पाईन्छ। सुन्तला उत्पादन गर्न, विरुवा उत्पादन गर्नको लागि १००० मी. भन्दा कम हुनु हुदैन सुन्तला उत्पादनको लागि उपयुक्त उचाई १०००१२०० मी. मानिन्छ सुन्तलाको लागि ५०से४० से सम्मको तापक्रम राम्रो मानिन्छ भने उपयुक्त तापक्रम १९ से को आसपासलाई मानिन्छ वार्षिक वर्षाको हकमा ९५० मी.मी. –२००० मी.मी.उपयुक्त मानिन्छ सूर्यको प्रकाश ११ घण्टाप्रति दिन राम्रो मानिन्छ।

 

माटो :-

माटोको गहिराइ मिटरभन्दा बढि (ढुंगा नभएको), हलुका दोमट प्राङ्गारिक पदार्थयुक्त, पानी नजम्ने खालको माटो यस खेतीको लागि उपयुक्त मानिन्छ माटोको रासायनिक गुण(PH) . को आसपास हुनुपर्दछ

 

बिरुवाको छनोट :-

बिरुवा कुन लगाउने हो त्यो लगाउने किसानमा भर पर्दछ कलमी वा बिजु , ठाउँ अनुसार दुवै प्रकारको बिरुवा लगाउन सकिन्छ बिरुवा कम्तिमा वर्ष पुरानो , .. फिट अग्लो हुनुपर्दछ बिजु बिरुवा लगाउदा कम्तिमा १२०० मिटर उचाइमा स्थापना भएको नर्सरीबाट उत्पादित बिरुवा मात्र लगाउदा राम्रो हुन्छ

 

ठाउँको र जग्गाको छनोट :-

नेपालको मध्य पहाडीभाग (समुन्द्र सतहबाट ६००१४०० मिटरसम्म उचाइ भएको ) उतरतर्फ फर्केको यातायातको सुबिधा भएको, बजारबाट नजिक, सिचाइको स्रोतबाट नजिक मोहडामा सफलतापूर्बक सुन्तलाको खेति गर्न सकिन्छ।

 

बगैचा लगाउने ठाउँको छनोट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :

तुलनात्मक रुपमा ताप हावाको खतराबाट मुक्त जलवायु हुनु पर्दछ

पर्याप्त पानी उपलब्ध (सिंचाई सुविधा) हुनु पर्दछ

उर्वर माटो तथा आन्तरिक जल निकासको राम्रो ब्यवस्था हुनु पर्दछ

उपयुक्त जलवायु एवं माटोको आवश्यकतालाई ख्याल गर्नु पर्दछ

     यस बाहेक

चयन गरिएका सुन्तलाको जातको अनुकूलता,

सस्तो मजदूरको उपलब्धता,

बजारसंगको निकटता,

ढुवानीको लागि सडकको निकटता आदि कुराहरुमा पनि विचार पुर्याउनु पर्दछ

 

बगैचाको रेखाङ्कन :-

बगैचा रेखांकन भनेको बिरुवा रोप्ने पद्दति वा तरिका हो बगैचा लामो अबधि सम्म रहिरहने भएकाले लगाउदा बैज्ञानिक तरिकाले रेखांकन गरि लगाउनु पर्दछ बिरुवा लगाउदा बैज्ञानिक तरिका भनेको हेर्दा आकर्षित , सबै बिरुवालाई ठिक ठिक मात्रामा आवश्यक दुरी पुग्ने , घाम पर्ने, काँटछाँट गर्ने , गोडमेल गर्ने, मलजल गर्ने , खान जोत गर्न बिषादी छर्न , अन्तरवाली लिन ,हिड्डुल गर्न चाहिने ठिक बाटो सहित व्यवस्था गरि बिरुवा लगाउने तरिका नै बैज्ञानिक रेखांकन तरिका हो

 

बगैंचाको रेखाङ्कन निम्न तरिकाले गर्न सकिन्छ:-

वर्गाकरसमथर ठाउमा यसको प्रयोग गरिन्छ यसमा बिरुवा देखि बिरुवाको दुरी बराबर हुन्छ

आयतकार तरिकायो पनि समथर जमिनमा रेखांकन गर्ने तरिका हो यस तरिकबाट बिरुवा लगाउदा बिरुवा देखि अर्को बिरुवाको दुरी एकतर्फ कमि अर्को तर्फ बढी हुन्छ

त्रिभुज आकारभिरालो जमिनमा यस तरिकाबाट बिरुवा लगाइन्छ यस तरिकाबाट बिरुवा लगाउदा अरुभन्दा १५ प्रतिशत बढी बिरुवा अट्छ

कन्टर तरिकाधेरै कान्ला भएको भिरालो ठाउमा त्रिभुजाकर तरिकाले पनि रेखांकन गर्न सजिलो नभएमा यस तरिकाबाट रेखांकन गरि बिरुवा लगाइन्छ यसरी रेखांकन गर्दा माथि बाट तल हेर्दा एक लाइन देखि अर्को लाईनको दुरी बराबर भएता पनि माथि तल एक बोट देखि अर्को बोटको दुरी बराबर हुदैन एक गह्रामा बिरुवा बराबर दुरीमा हुन्छन। तर एक गह्रा देखि अर्को गह्राको दुरी बराबर नहुन पनि सक्छ सोहि करंद बिरुवाको दुरी मिल्दैन

 

जग्गाको तयारी:-

खेती गरी राखेको बारीमा जग्गाको तयारी वा सुधारको जरुरत पर्दैन बारीमा रहेका सबै वुट्यान,झाडी, मुढाहरु भए सफा गरेर जलाउनु पर्दछ ठूला चट्टानहरुलाई हटाई सफा गर्नु पर्दछ खेती नगरीएको भिरालो जमीनमा बगैंचा स्थापना गर्नु पर्दा गह्रा गह्रा बनाउनु पर्दछ सिंचाई निकासको लागि सुहाउँदो कुलो वा कुलेसो बनाउनु पर्दछ बगैंचाको सुरक्षाको लागि समुचित रुपले बार बन्देज लगाउन पर्दछ यसको लागि सुविधा अनुसार काँडेतार, ढुङ्गा(इट्टाको पर्खाल,जिउँदो झाडीदार, विरुवा निलकाँडा आदि) लगाउनु पर्दछ तेजलो हावा चल्ने ठाउँ भए छिटो बढ्ने खालका वायु अवरोधक रुख विरुवा लगाउनु पर्दछ

 

खाडलको तयारी :-

  • जग्गा रेखाङ्कन भै सकेपछि तोकिएको ठाउमा बिरुवा रोप्नु भन्दा ३०४० दिन अगाडी / मिटर लम्बाई, चौडाई उचाईको खाडल खन्नु पर्दछ
  • खाडल खण्ड माथिल्लो ५० से.मि. को माटो अलग थुप्रो तल ५० से.मि.को माटो अलग थुप्रो बनाउनु पर्दछ खाडल पुरै खनी सकेपछि १५२० दिन त्यसै खाली रहन दिने त्यसपछि प्रति खाडल डोका गोबरमल , खरानी के जी, हाडको धुलो किलो , २०० ग्राम युरिया , २०० ग्राम डी..पी २५० ग्राम पोटास मल माथिल्लो ५० से.मि.को माटोको थुप्रोसंग राम्रोसँग मोली खाडलमा राख्दै खुट्टाले थिच्दै जाने
  • खाडल जमिनको सतह भन्दा करिब १०२५ से.मि.माथिसम्म माटो मलले भर्ने अनि खाडलको बिचमा एउटा काठको लट्ठी राख्ने
  • पछि त्यही लट्ठी निकाल्ने निकालेकोठाउमा बिरुवा लगाउने

 

विरुवा रोप्ने दुरी :-

विरुवा रोप्ने दुरी बिरुवा लगाउने ठाउँको माटो , बिरुवाको किसिम ,जलबायु, जातीय गुण , रेखाङ्कन गरिएको तरिका आदिमा भर पर्दछ सुन्तला प्राय मिटरको दुरीमा लगाइन्छ

 

विरुवा रोप्ने समय :-

सिंचाई सुबिधा भएको ठाउमा बैशाख देखि श्रावण सम्म रोप्न सकिन्छ

 

विरुवा रोप्ने तरिका :-

बिरुवा रोप्दा खाडल खनेको ठाउको बीच भागमा पर्ने गरि प्याकिङ गरेको बस्तु हटाएर तर बिरुवाको माटो नझारिकन, सिधा पारेर , कलमी गरेको भागलाई माटोले नपुरिने गरि बिरुवा लगाउनु पर्दछ लगाईसकेपछि वरिपरि माटोलाई हल्का थिच्नु पर्छ फेद वरिपरि झारपात आउनबाट जोगाउन , चिसोपना कायम राख्न मल्चिङ गर्नु पर्ने हुन्छ

 

बगैचा ब्यबस्थापन :-

बिरुवा रोपेर मात्र हुँदैन , यसबाट राम्रो फल उत्पादन गर्न बगैचाको राम्रो संग हेरचाह गर्नु पर्दछ। बगैचाबाट छिटो बढि फाइदा लिनको लागि छिटो हुर्काउनु जरुरी छ। यसको लागि गोडमेल मलजल, बिरुवाको तालिम तथा काटछाँट , सिंचाई तथा जल , बाली संरक्षण आदिमा राम्रो ध्यान दिनु पर्दछ

 

खनजोत

सून्तला बगैंचामा जोत्दा वा खन्दा जरामा चोटपटक लाग्दछ साथै मकै कोदो अन्तरबालीको रुपमा लगाउदा जोत्ने वा खन्ने क्रममा जरामा घाउ भई त्यसबाट रोगका जिवाणुहरु प्रवेश गरि बिस्तारै बोटमा पात पहेंलो हूने लक्षण देखापर्दछ त्यसैले खनजोत गर्दा खेरि सून्तलाबोट वरिपरि हांगाले ढाकेको क्षेत्र भन्दा बाहिर मात्र खनजोत गर्नू पर्दछ।

 

छाप्रो

सुन्तलामा उत्पादनमा चिस्यानको ठूलो भूमिका हुन्छ चिस्यान कायाम राख्न एवं झारपात नियन्त्रण गर्न सुन्तला लाई छापो दिन अनिवार्य बिरुवा रोपेपछि सुकेको घाँस, पराल वा कालो प्लास्टिकको छापो दिन सकिन्छ छाप्रो दिदा बिरुवाको फेदलाई सिधै नछुने गरी वरीपरी लगभग इन्च बाक्लो दिनुपर्छ

 

सिंचाई निकास

बिरुवा रोपेपछि हल्का सिंचाइ गर्नुपर्छ बिरुवा नसरुन्जेल आबश्यकता अनुसार सिंचाइ गर्नुपर्छ बिरुवा हुर्केपछि पनि हल्का चिस्यान कायम राखेमा राम्रो उत्पादन लिन सकिन्छ

 

सिंचाईको समय पटक

यदि सिंचाईको ब्यवस्था भने तल उल्लेख भए बमोजिम सिंचाई गर्नु पर्दछ

  • पौष माघमा १५ दिनको फरकमा
  • फाल्गुन चैत्रमा १० दिनको फरकमा
  • बैशाख जेष्ठमा दिनको फरकमा

सामान्यतया माथि उल्लेख भए बमोजिम सिंचाई गर्ने भनिएता पनि सिंचाई गर्ने कार्य माटोको अवस्था, वर्षा, हावाको गति, तापक्रम, बोटको उमेर, मौसम आदिमा निर्भर गर्दछ

 

मलखाद ब्यबस्थापन

सुन्तला वर्गका फलफूलहरु मध्ये विशेष गरेर सुन्तलालाई बढि तत्वहरुको आवश्यकता पर्दछ ।यदि माटोमा पोषकतत्वहरुको पूनः आपूर्ति गरिएन भने, रुखहरु धेरै समयसम्म राम्रो अवस्थामा कायम रहन सक्दैनन् छिट्टै रुखको स्वास्थ्य बिग्रन्छ, उत्पादन घटेर करीब शुन्य हुन्छ छिट्टै तत्वहरुको कमीको लक्षण देखा पर्न सक्छ माटोमा वाली लिंदा प्राङ्गारिक मलले सुन्तला जाति फलफूलको उत्पादन बढाउँछ तर त्यसमा पुग्ने (प्रयाप्त) मात्रामा खनिज तत्वहरु हुँदैन सुख्खा क्षेत्रको माटोमा फसफोरस, पोटासियम, चुन, म्याग्नेसियम सोडियम बढ्ता हुन्छन् आध्र क्षेत्रमा नाइट्रोजन, फसफोरस, पोटास म्याग्नेसियमको प्रयोगमा जोड दिनु पर्दछ किनभने माटोमा यी तत्वहरुको कमी हुन्छ यसकारण पोषकतत्वहरुको चाहिने मात्रामा आवश्यक परेको समयमा दिनुपर्दछ

 

रोगहरु 

जरा कुहिने रोग

यो रोग फाइटोफ्थोरा नामक ढुसीबाट लाग्ने बीजु सुन्तला बोटको एकदमै हानिकारक रोग हो यो ढुसीले जरामा आक्रमण गरेमा मसिना जराहरु कुहिनाले पातहरु ओइलाएर मर्दछन् अन्तमा पुरै बोट पहेंलो हूंदै पछि मर्दछ

 

नियन्त्रण

  • वर्षा शुरु हुनुभन्दा पहिला जेष्ठ महिनातिर सून्तलाको फेदमा पानी नजम्ने गरि जमीनको सतहबाट इन्च माटो उठाउने
  • वर्षको पटक पौष माघ बैशाख जेष्ठ महिनामा . प्रतिशत (दुई भाग बोर्डो मिश्रणको घोलमा ९८ भाग पानी मिसाउने) बोर्डो मिश्रणको घोलमा बनाएर जरामा पातहरुमा छर्कने
  • यदि बर्षात पछि असौजमा बोटका पात एकनासले पहेंलो भएको खण्डमा पहिले फेद मुनि जरावरिपरिको माटो हटाउने 
  • राम्रो संग जरा भिज्नेगरि सानो बोटमा लीटर वयस्क बोटमा १० लीटर जति बोर्डो मिश्रणको घोलले उपचार गरेमा जरा कूहिने रोगबाट बचाउन सकिन्छ

 

सुन्तलाको फेद कुहिने रोग 

यो रोग फाइटोफ्थोरा नामक ढुसीको कारणले लाग्दछ खास गरी १०० मीट भन्दा कम उंचाईमा भएका बगैंचाहरुमा यो समस्या बढी देखिन्छ शूरु शूरुमा यो रोग लागेमा सून्तला बोटको फेद वरिपरिका बोक्रा चर्किन्छन् खैरो भई कूहिन्छन् साथै बोक्रा खूइलिएर फेदको भित्री भाग देखा पर्दछ बिस्तारै पातहरु पहेंलिएर झर्न थाल्दछन् हांगाहरु सूक्दै जान्छन् यो रोग खासगरि बर्षा याममा देखा पर्दछ फुटेको बोक्राबाट गूंद ररस निस्कन्छ रोग माथितिर बढदै गई अन्तमा पुरै बोट मरेर जान्छ

 

नियन्त्रण

  • तीनपाते सून्तला कलमी गरेको बिरुवा मात्र लगाउने
  • फेदबाट गूंद निस्केको बोक्रा वा रोग लागि कूहिएको बोक्राको भाग सफा चक्कूले खूर्की हटाउने सो घाउंमा बोर्डो मिश्रण लगाउने
  • प्रत्येक वर्ष वर्षा शुरु हुनुभन्दा अगाडी बोर्डो मिश्रण बनाई फेद देखि देखि . फीट माथि सम्म पोत्ने
  • बोटको वरिपरि अग्ला बाली मकै आदि नलगाउने खनजोत गर्दा बोटको फेदलाई चोटपटक बाट बचाउने
  • बोट वरिपरि पानी जम्न नदिने
  • वर्षा शुरु हुनुभन्दा अघि नै प्रतिशतको बोर्डोमिश्रण वा फाइटोलान १० ग्राम १० लीटर पानीमा घोली बोट वरिपरिको माटो भिजाउने
  • बर्षा याममा सून्तला बोटको फेदमा खरानी छर्नाले फाइदा गर्छ
  • बर्षमा पटक पौष,जेष्ठ असोज महिनामा बोर्डो मिश्रण छर्ने

 

सुन्तलाको खराने धुलेर ढुसी रोग

यो रोग सुन्तलाको नयां पालुवामा बढि देखा पर्दछ शुरुमा रोग लागेका पात डांठको सतहमा सेतो खरानी छरे जस्तो देखिन्छ, पछि उक्त रंग कालो हून्छ पातहरु झर्दछन् यो रोग उत्तरी मोहडा भएका सेपिला ठाउमा बढि लाग्दछ यसको प्रकोप असार देखि भाद्र महिनामा बढि देखिन्छ

 

नियन्त्रण

  • लीटर गाईको गहुत लीटर पानीमा मिसाई तयार पारेको घोल दिनको अन्तरमा बिरुवामा नया पालुवा आउने समयमा बोटमा छर्कने
  • सल्फेक्स ८० देखि ९० प्रतिशत, १५ देखि २० केजी प्रति हेक्टर धुलो छर्कने वा २० ग्राम प्रति १० लिटर पानीमा घोली फुल फुल्नु अगावै माघमा पटक फल लागेपछि चैत्र बैशाखमा पटक छर्ने
  • क्याराथेन डाइनोक्याप देखि ग्राम प्रति १० लीटर पानीमा मिसाई पालूवा माथि १० दिनको फरकमा पटक छर्कने।
Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments