आगलागीबाट चार घर पूर्ण रुपमा नष्ट,बाख्रा र कुखुरा आगोमै जले

खजुरा:बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ ।

आगलागीबाट दुईवटा बाख्रा र केही कुखुरा आगोमै जलेर मरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नंं ५ का अध्यक्ष टीकानाथ यादवले बताउनुभयो । उहाँका अनुसार दिउँसोदेखि सुरु भएको आगलागी अघि बेलुका नियन्त्रणमा आएको छ । खरानीसँगै फालिएको आगोबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट गएको तीनवटा दमकल, प्रहरी र स्थानीयवासीको समूहले आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले घर पूर्ण रुपमा क्षति भई विस्थापित भएका अग्निपीडितलाई २५ किलो चामल, रहरको दाल पाँच किलो, दुई प्याकेट नुन, खाने तेल पाँच लिटर, आलु १० किलो, बेसार, खुर्सानी एक–एक प्याकेट, त्रिपाल एक–एक थान, भुजा एक प्याकेट र चिनी एक किलो तत्काल राहत पु¥याइएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments