आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

काठमाडौँ :हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल देशभर आँशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।

आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०८० वैशाख ३ गते (आइतबार)

दिउँसोː   देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

रातीː   देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०८० वैशाख ४ गते (सोमबार)

दिउँसोː   देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।

रातीː   देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?