चितवनमा एक लाख भेडाबाख्रालाई खोप

पशुमा पूर्ण खोप

चितवन: चितवनमा एक लाख २२ हजार भेडाबाख्रालाई पिपीआर रोगविरुद्धको खोप लगाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार विषाणुबाट यो रोग लाग्ने गर्दछ । जिल्लाका सातै पालिकामा यो खोप लगाइएको हो । खोप अभियानका क्रममा भरतपुर महानगरपालिकामा ३० हजार, रत्ननगर नगरपालिकामा १५ हजार, खैरहनी नगरपालिकामा १० हजार, राप्ती नगरपालिकामा २० हजार, कालिका नगरपालिमा २२ हजार, माडी नगरपालिकामा १५ हजार र इच्छाकामना गाउँपालिकामा १० हजार भेडाबाख्रालाई खोप लगाइएको छ ।

कार्यालयमा १३ हजार डोज खोप छुटपुट बाख्रालाई लगाउन राखिएको आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पिपीआर रोगको प्रकोप धेरै भएका क्षेत्रमा हरेक वर्ष र प्रकोप कम भएका क्षेत्रमा तीन÷तीन वर्षमा यो खोप लगाइने गरिएको छ ।

रोगी भेडाबाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको लसपस भएको दाना, घाँसपात, सोत्तर र हेरचाह गर्ने व्यक्तिको माध्यमबाट रोग सर्ने गर्दछ । यो रोग लागेका बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुख्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने जस्ता लक्ष्यण देखापर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिंगान बग्ने, गिँजा र मुखभित्र घाउ देखिने, छेरौटी लाग्ने बथानमा एकैपटक धेरै बिरामी पर्ने जस्ता लक्ष्यण देखिने गरेका छन् ।

रोगबाट बचाउन कृषकले बाहिरबाट ल्याएका भेडाबाखालाई कम्तिमा पनि १० दिनसम्म घरगोठमा रहेका पशुवस्तुसँग नमिसाई अलग्गै राख्ने, त्यस अवधिमा रोगका कुनै लक्षण नदेखिएमा मात्र बथानमा मिसाउने, रोगी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्ने, रोगी भेडाबाख्रालाको हेरचाह गर्ने व्यक्ति अन्य स्वस्थ्य भेडाबाख्राको हेरचाह गर्नुपर्दा हातखुट्टा धोएर तथा लुगा कपडा, जुत्ता चप्पल फेरेर मात्र गर्ने, आफ्ना भेडाबाखाहरुलाई हरेक तीन÷तीन वर्षमा अनिवार्य रूपमा पिपीआर खोग लगाउने, जैविक सुरक्षा कडाइका साथ अवलम्वन गर्नुपर्ने हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?