मकैको खोस्टोबाट टोपी र झोला बुन्दै
खेर जाने मकैको खोस्टोबाट टोपी र झोला बुन्दै तनहुँको व्यास नगरपालिका-५ का महिला । व्यास नगरपालिका-५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि.को प्राविधिक सहयोगमा २६ महिलाले यो सम्बन्धी प्रशिक्षण लिइरहेका छन् । आयोजकका अनुसार उनीहरूले उत्पादन गरेका वस्तु जापान, ट्युनेसिया र युयई निर्यात हुने गरेको छ ।
तस्बिर: मिला दरै/रासस
