दूध आयातको सिफारिस विरुद्ध मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ :दूध आयातको लागि गरिएको सिफारिसको बिरुद्धमा चितवनका किसानहरुले कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छ्न । दुग्ध बिकास बोर्डले भारतबाट दुध आयात गर्न सरकारलाई सिफारिस गरे पश्चात् त्यसको प्रतिरोधमा किसानहरुले ज्ञापनपत्र बुझाएका हुन ।

आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.बेदुराम भुषाललाइ भेटेर ज्ञापनपत्र बुझाएको हो । दुधको उत्पादन बढाउन चासो नदेखाएर आयात गर्न सिफारिस गरिएकोमा उनिहरुको आपत्ती थियो । जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालेको नेतृत्वमा गएको किसानहरुको टोलिले कृषि मन्त्रीलाई भेटेर दूध आयात नगर्न ध्यानाकर्षण गराए । उनिहरुले स्वदेशमै दुधको उत्पादन बढाउन सकिने अवस्था हुदा हुँदै आयात गर्ने सोच राख्नु गलत भएको बताए ।

जवाफमा मन्त्री भुषालले किसानहरुको माग जायज भएकोले उनिहरुलाइ अन्याय हुन नदिने आश्वासन ब्यक्त गरे । यस बिषयमा व्यापक छलफल गरेर मात्रै निर्णय गरिने हुनाले किसानहरु अहिलेनै चिन्तित हुन नपर्ने वहाँको भनाइ छ । देशभित्रै उत्पादन बढाउन सकिने प्रशस्तै सम्भावना भएकोले उत्पादन बढाउन तर्फ लाग्न प्रेरित गर्दै सरकारको तर्फबाट आवस्यक सद्भाव र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

संघको टोलिले आइतबार कृषि मन्त्री, सचीव लगायत सरोकारवाला निकायका प्रमुखहरुसग छलफल गरेको थियो । त्यसै क्रममा कृषि बिभाग कि प्रमुख डा संझना काफ्ले, दुग्ध बिकाश बोर्डका प्रमुख राजेन्द्र यादबसग दुग्ध उत्पादनको वर्तमान अवस्था र किसानहरुको असन्तुष्टिको बिषयमा छलफल भएको जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवनका उपाध्यक्ष रामेश्वर सिंह ओलिले जानकारी दिए ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments