तरकारी तथा फलफूलको आजको मूल्य : लोकल काक्रो प्रतिकेजी रू.११०,हरियो धनिया रू.१५०,लौका रू ४०

कालिमाटी फलफूल तथा तरकारी बजार

काठमाडौं

: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०,मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी २५० ,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १६० रुपैयाँ,चमसूरको साग रू ९०,डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३०० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा(रहु) ३३०,ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 


फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments