रसुवामा निःशुल्क पशु उपचार सेवा

रसुवा:लामो समयदेखि धुञ्चेमा बन्द रहेको पशु उपचार सेवा पुनः सञ्चालनमा आएको छ । जिल्ला पशुसेवा कार्यालय नुवाकोटले औषधि सहितको दुई दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन गरे पश्चात् रसुवाको सदरमुकामबाट पशुको निःशुल्क उपचारहुन थालेको हो ।

सङ्घीयता कार्यान्वयनसँगै जिल्लाको पशुसेवा कार्यालय नुवाकोटमा गाभिएपछि बन्द सेवा पुनः सञ्चालन हुनु राम्रो काम भएको र पशु उपचारमा सहज भएको किसानले बताएका छन् । उपचार सेवामा कार्यरत पशुस्वास्थ्य प्राविधिकद्वय लक्ष्मण थारू एवं नित्यानन्द सिंहका अनुसार धुञ्चेस्थित साविकको पशुसेवा कार्यालयबाट निःशुल्क उपचार भइरहेको र आवश्यकता र पशुपालक किसानको माग अनुसार घर–घरमै गएर सेवा प्रदान गर्न थालिएको छ ।

पशु उपचारका लागि ५० भन्दा बढी किसिमको औँषधि रहेको जनाउँदै प्राविधिक थारूले भने कुनैपनि पशुलाई रोग लाग्ने सङ्केत देखिएमा वा रोग लागेमा तुरून्त खबर गरी पशुपक्षीको संरक्षण गर्न आग्रह समेत गर्नुभयो । पशुपक्षीको दिशा तथा पिसाबसमेत परीक्षण गरिने र रेविजविरूद्धको खोप दिइनेसमेत व्यवस्था जिल्लामा भएको उहाँले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?