कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक

कर्णाली:कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आइतवार आयोजित ‘पशुपन्छी औषधि व्यवसायीको लागि ३५ दिने औषधि व्यवस्थापनसम्बन्धी तालिम’ शुभारम्भ गर्दै उहाँले यहाँको कृषि र पशु क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी जरुरी छ भन्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “माथिल्लो क्षेत्रमा चौँरी च्याङ्ग्रा भेडा तथा बाख्रा कार्यक्रमको प्रवद्र्धन र पशुको स्वास्थ्य सेवामा निजी लगानी हुनुपर्दछ । स्थानीय तहमा हुने कृषि तथा पशु क्षेत्रमा गरिने औषद्योपचार प्रद्धति र सिफारिसमा प्रदेश सरकारको चासो भएकाले यसको व्यवस्थापनमा र नियमन गर्ने तालिमको मुख्य उद्देश्य हो ।”

नागरिकको सेवामा सहज र सरल बनाउन तालिम उपलब्धिमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?