कृषकलाई कृषि सामग्री हस्तान्तरण
भोजपुर:कृषकलाई कृषि सामग्री हस्तान्तरण गर्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेललगायतका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष दक्षकुमार राईले जानकारी दिनुभयो ।
