कुरीलो प्रतिकेजी रू २५०,अनार ३८०,किवि ६००,अदुवा २८०,हरियो धनिया २००,पुदीना १२०
| काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १८०,कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ४०, नेपाली गोलभेडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ । |
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,ब्रोकाउली ६०,कागती १५० रुपैयाँ,चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ,किवि ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१५,ताजा माछा(मुंगरी) रू ३२०रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

