दुग्ध किसानलाई अनुदान

दूधमा अनुदान

झापा: झापाको मेचीनगर–१२ धाइजनमा रहेको रीतिका डेरी उद्योगले दूध उत्पादन गर्दै आएका झापा र इलामका किसानलाई रू ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको छ ।

दूध उत्पादन गरी डेरीलाई बिक्री गर्दै आएका किसानलाई व्यावसायिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतिलिटर रू चारका दरले तीन हजार छ सय घरधुरीलाई छ महिनालागि अनुदान वितरण गरिएको उद्योगका सञ्चालक राजन चिमरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी प्रदेश सरकारअन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानका लागि प्रति लिटर रू दुई अनुदान उपलब्ध गराएकामा उद्योगका तर्फबाट रू दुई थप गरी प्रतिलिटर रू चार अनुदान वितरण गरिएको छ ।

उद्योगले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा ग्रामीण किसान, सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म र दुग्ध उत्पादन समूहबाट २४ लाख लिटर दूध सङ्कलन गरेको जनाएको छ ।

“चालु आवको साउनदेखि पुससम्मका लागि अनुदान वितरण गरेका छौंँ,” चिमरियाले भन्नुभयो, “जेठ महिनाको दूध सङ्कलन अभिलेख अद्यावधिककार्य सकिनासाथ यसै महिनामा थप छ महिनाको अनुदानसमेत किसानको हातमा पु¥याउँछौंँ ।”

दैनिक ३० हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको रीतिका डेरी उद्योगले झापा र इलामका किसानबाट दुध खरिद गर्दछ । सङ्कलित दूधलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरी झापा, इलाम, सुनसरी, मोरङलगायत कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएको छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले किसानले उत्पादन गर्ने दूधको आधारमा अनुदान दिँदा वास्तविक किसान लाभान्वित भएको बताउनुभयो । उहाँले किसानको हितमा कुनै कार्यक्रम नआएको बेला गोठगोठमै पुगेर साना किसानलाई अनुदान वितरण गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो ।

दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहनस्वरुप कोशी प्रदेश सरकारले चालु आवमा किसानका लागि अनुदानकार्यक्रम ल्याएको हो ।

प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापामार्फत दूध उत्पादक किसानको विवरण प्रमाणित गरेपछि अनुदान रकम निकासा गरिएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा धेरै डेरी उद्योग सञ्चालनमा भए पनि रीतिका डेरी उद्योगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा र कोशी प्रदेश सरकारसँग समन्वय गरेर किसानलाई अनुदान वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

दूध उत्पादक किसान योगेन्द्र खनालले गाई पालेर दूध बेच्दा पनि यसरी अनुदान पाइन्छ भन्ने कुरा किसानको कल्पना बाहिरको विषय भएको जनाउँदै निर्वाहमुखी पशुपालन गर्दै आएका आम किसान हातहातै अनुदान पाउँदा व्यावसायिकतातर्फ अग्रसर बन्ने धारणा व्यक्त गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?