सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण

मनहरि:मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको छ ।

मनहरि गाउँपालिका-४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरिएको हो । सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँले सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभइ उनीहरुलाई आय-आर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्‍याउँदै अघि बढिरहेको बताउनुभयो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको हो ।

वितरण पश्चात वडा नं ४ वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातीमा आत्मनिर्भर हुने बाटो रहने बताउनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments