बोयर जातको बीउ बोका हस्तान्तरण

बोयर बोका

विराटनगर:गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बीउ बोका वितरण गरेको छ ।

महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रापालन समूहलाई बोयर जातको बीउ बोका हस्तान्तरण गरेको हो ।

आज महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले बीउ बोका हस्तान्तरण गर्दै स्वरोजगार तथा व्यावसायिक बाख्रापालनमा यो कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महानगरले आठ दिने उद्यमशीलता र सात दिने सीपमूलक तथा बाख्रापालनसम्बन्धी तालिम दिएको थियो । तालिमपछि यसअघि सिलाइ मेसिनसहित विभिन्न सामग्रीसमेत वितरण गरेको थियो ।

समावेशी समूहमा १९ जना महिला आबद्ध रहेको सचिव श्रेष्ठले बताउनुभयो । उन्नाइस जनाले नै पाँचदेखि ३० वटासम्म बाख्रा पालेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments