माछा,फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्
| काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०,घिउ सिमी राजमा ६०,कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ३५,भारतीय गोलभेडा ठूलो ३५,टनेल गोलभेडा सानो ८,लौका ५० कायम भइ कारोबार भइरहेको छ । |
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,पालूगो साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो १२०, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ४०० रुपैयाँ, किवि. ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनिया १५०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
