हेर्नुहोस् आजको माछा,फलफूल तथा तरकारीको मूल्य
| काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टाटे सिमी प्रतिकेजी न्यूनतम मूल्य ८०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४, घिउ सिमी लोकल ८०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो १०, लौका ६० कायम भइ कारोबार भइरहेको छ । |
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,तोरीको साग रू ३०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १२०, अनार ४०० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५८०,हरियो खुर्सानी अकबरे १२० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनिया १००, लोकल लीच्ची ८०, खु्र्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
