विपन्न वर्गका महिलालाई बाख्रा
तनहुँ: जिल्लाको घिरिङ्ग गाउँपालिका–३ का विपन्न बर्गका महिलाहरुलाई निःशुल्क रुपमा बाख्रा वितरण गर्दै गाउँपालिका अध्यक्ष होमबहादुर थापा ।
एकल महिला, दलित, विपन्न कोरोना पीडित र द्वन्द्वपीडित महिलालाई टोल विकास संस्थाले सिफारिस गरेको आधारमा पच्चीस जना महिलालाई दुई वटाका दरले बाख्राका वितरण गरेको हो ।
तस्बीर :सानेबहादुर नेपाली/रासस
