‘आलु र प्याजमा कर नबढाऔँ’

काठमाडौँ:सांसदहरुले दैनिक उपभोग्य वस्तुमा करको दायरा नबढाउन सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलका क्रममा सांसदहरुले आलु र प्याजलगायत दैनिक उपभोग्य बस्तुमा कर नबढाउन माग गर्नुभएको हो ।

छलफलका क्रममा सांसद अमृतलाल राजवंशीले विदेशबाट मोबाइल फोन भित्राउँदा लाग्ने करले वैदेशिक रोजगारमा गएका श्रमिक मारमा परेको बताउनुभएको हो ।

सांसद रेखा यादवले पुर्खौली घरजग्गामा लाभकर हटाउनुपर्ने माग गर्नुभयो ।सांसद रञ्जुकुमारी झाले आलु र प्याजमा लागेको कर हटाउन माग गर्नुभयो ।

सांसद भगवती चौधरीले पनि दैनिक उपभोग्य वस्तुमा कर नबढाउन माग गर्नुभयो ।उहाँले आत्मनिर्भर नभएका वस्तुको आयातमा कर बढाउन नहुने धारणा राख्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?