इलाममा अनुदानको मल बेच्नेलाई दुई लाख जरिवाना

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

इलाम :इलाममा सहकारी मार्फत किसानलाई बाँड्नुपर्ने रासायनिक मल बेच्ने कृषि बीज भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

सदरमुकामको मालापथमा भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा सहकारी मार्फत किसानलाई बाँड्नुपर्ने अनुदानको रासायनिक मल फेला परेपछि जरिवाना गरिएको हो ।

गत बुधबार बजार अनुगमन गर्ने क्रममा उक्त कृषि बिज भण्डारमा अनुदानको रासायनिक मल बिक्री अनुमति बेगर नै बिक्री गरेको पाइएपछि प्रशासनले मल गोदाम नै शिल गरेको थियो भने तीन दिनभित्रमा कागजात बुझाउन समय दिएको थियो ।

म्याद सकिँदासम्म पसलले मलको आधिकारिकता बारे कुनै प्रमाण दिन नसकेपछि आइतबार जरिवाना सहित गोदाममा राखिएको मल जफत गरिएको छ । पराजुलीको पसलमा अनुगमन गर्दा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?