चुमनुब्रीको स्याउलाई ‘ब्रान्डिङ’ गरिँदै

स्याउ आयात

गोरखा:उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ ।

गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री स्याउको राम्रो उत्पादन हुने गाउँपालिका हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पालिकाभित्र उत्पादित स्याउको नामकरण गरी मनास्लु स्याउ राखेर बजारसम्म पु¥याउने गाउँपालिकाको नीति रहेको छ ।”

सडक यातायातको पहुँच नपुगेकाले चुमनुब्रीमा उत्पादन हुने स्याउ बजारसम्म पु¥याउन पनि कठिन हुने र हेलिकप्टरबाट ढुवानी गरेर बजारमा पुग्दा महङ्गो पर्न जाने भएकाले बजारीकरणमा कठिनाइ हुँदै आएको अध्यक्ष लामाको भनाइ छ । अब सिङ्गो पालिकामा उत्पादन हुने स्याउको नामकरण गरी एउटै ब्रान्डको स्याउका रुपमा बजारसम्म पु¥याउने हाम्रो योजना छ”, उहाँले भन्नुभयो, “यसो गर्दा स्याउको बजार पनि विस्तार हुने र चुमनुब्रीको स्याउले बजारमा पहिचान पनि बनाउन सक्ने अवस्था हुन्छ ।”

अध्यक्ष लामाले गाउँपालिकाको नीति तथा कार्यक्रममा नै चुमनुब्रीभित्र स्याउ उत्पादनमा जोड दिँदै बजारीकरणका लागि गाउँपालिकाले पहल गर्ने योजना बनाएको बताउनुभयो । “कृषि पेसाअन्तर्गत पनि यस क्षेत्रको प्रमुख आयआर्जन व्यावसायिक स्याउ खेती एक प्रमुख कृषि पेसा हो”, उहाँले भन्नुभयो, “हावापानीका हिसाबले पनि राम्रो उत्पादन हुने क्षेत्र भएकाले यसलाई प्राथामिकीकरण गरेर जानुपर्छ भन्ने स्थानीय सरकारको जोड छ ।”
–––

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?