अनुदानको मल सहकारी अध्यक्षको ससुरालीमा

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

 

कपिलवस्तु:सरकारी अनुदानको रासायनिक मल कपिलवस्तुको एक सहकारीका अध्यक्षले ससुरालीमा पठाइएको अवस्थामा फेला परेको छ । जिल्लाको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाले कृषकलाई वितरण नगरी अध्यक्षको ससुरालीमा पठाएको अवस्थामा फेला परेको हो । 

सहकारीका अध्यक्ष भागिरथी यादवको ससुरा बनारसी यादवको घरबाट ५४ बोरा मल बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताउनुभयो । वडा नम्बर ६ रहेको बनारसीको घरबाट छ बोरा डिएपी (डाई एमोनियम फस्फेट) र ४८ बोरा युरिया मल बरामद गरिएको हो । 

कृषकलाई अनुदानमा दिने मल नपाउँदा कृषकहरु भारतीय बजार र महँगाे मूल्य तिरेर मल किन्नुपरेको बुद्धभूमि ५ गिदहवाका कृषक रिजवान गद्दीले जानकारी दिनुभयो । रोपाइँको सिजन चालु रहँदा मलको अभाव रहेको कृषकहरुले बताउँदै आएका छन् । आजको गोरखापत्र अनलाइनमा खबर छ ।   

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments