आजको मौसमः चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

चट्याङ

काठमाडौँ:मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली छ।  मधेश प्रदेशका एकदुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाकाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट हुने क्षतिबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments