सरकारले भारतसँग १० लाख टन धान खरिद गर्नसके चामल प्रतिवन्धको असर पर्दैन : अध्यक्ष दुगड

 

काठमाडौं : नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिवन्धको असर नपर्ने बताउनुभएको छ ।

संघका अध्यक्ष दुगडले भारतले चामल निकासीमा प्रतिवन्ध लगाएपनि नेपालमा धान निर्यात खुला रहेकाले नेपाल सरकारले भारत सरकारसँग पहल गरी धान खरिद गर्नसके चामल प्रतिबन्दको असर नपर्ने बताउनुभएको हो ।

अध्यक्ष दुगडले भारतले नेपाल मात्रै नभएर विश्वभर चामल निकासी प्रतिवन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताउनुभयो ।उहाँले चामल आयातको प्रतिवन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल चामल, तेल, दाल उद्योग संघले सरकारसँग १० लाख टन धान आयात गर्न माग गर्ने बताउनु भयो । उहाँले सरकारले तत्काल १० लाख टन धान आयातका लागि पहल नगरे नेपालमा असर पर्ने बताउनु भयो। उहाँले भारतसँगको वार्षिक ६ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुनसक्ने बताउनुभयो ।

मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दुगडले नेपालको नयाँ धान नोभेम्बरमा आउने तर त्यो भन्दा पहिला नेपालीहरुको महान पर्व दशैँतिहार आउने भएकाले थप चुनौतिपूर्ण अवस्था देखिएको बताउनुभयो। उहाँले भारतले चामल निकासी प्रतिवन्ध लगाए पनि नेपाललाई धान आयातमा फाईदा रहेको उल्लेख गर्नुभयो । उहाँले खुला सिमानाको कारण अन्य बाटोबाट चामल आउनसक्ने बताउनु भयो। उहाँले सरकारले सबै विषय वस्तुलाई हेरेर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments