आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला हेरौ

चट्याङ

काठमाडौँ: देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज पनि बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती र  गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशीबागमतीगण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

 

२०८० श्रावण १९ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,  गण्डकी र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत कोशीबागमतीगण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमतीगण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

२०८० श्रावण २० गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली  सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।यसका कारण नदीको जल सतह बढ्नेगेग्रान बहावबाढीपहिरो तथा भू-क्षय र हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्यकृषिदैनिक जनजीवनसडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधाजोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?