कास्कीमा १८ हजार २४ पशुलाई लम्पी स्किन सङक्रमण

गण्डकी: कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए ।

सङ्क्रमणबाट हालसम्म छ सय १९ पशुबस्तु मरेको बताउँदै उनले सबैभन्दा बढी सङ्क्रमण गाईमा हुने गरेको जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय ५४ पशुलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ ।

प्रमुख पाण्डेका अनुसार यो रोग विशेषतः गाई, गोरु, राँगाभैँसी, पाडापाडी र बाच्छबाच्छीमा लाग्छ । पछिल्ला समयमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रण घट्दो क्रममा रहेको प्रमुख पाण्डेले जानकारी दिए। रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments