जाजरकोटमा च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त

जाजरकोट: जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ ।

वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको जानकारी दिए ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments