टिमुरको उत्पादन दोब्बरले कमी

घोराही: जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको छ ।

जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार ७४२ केजी निर्यात भएको थियो तर आव २०७९/८० मा पाँच हजार ९०६ केजी मात्रै टिमुर नियात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभएको छ । सहायक वन अधिकृत चौधरीका अनुसार गत वर्ष करिब एक लाख ५५ हजार ८३६ केजी टिमुर कम निर्यात भएको छ ।

सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८/७९ मा राष्ट्रिय वनबाट २९ हजार ५५० केजी र निजी वनबाट दुई लाख १२ हजार १९२ केजी टिमुर जिल्लाबाहिर निर्यात भएको थियो । जसबाट तीन लाख २० हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।

२०७९/८० मा राष्ट्रिय वनबाट १३ हजार केजी र निजी वनबाट ७२ हजार ९०६ केजी निर्यात हुँदा एक लाख ४५ हजार रुपियाँ मात्रै राजस्व सङ्कलन भएको छ ।

गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो । हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुन सक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भन्नुभयो, “जिल्लाबाट निकासी भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आवमा करिब दोब्बर कम मात्रामा टिमुर निकासी भएको छ ।”

टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्र अन्तर्गत जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ ।

राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत चौधरी बताउनुहुन्छ ।आजको गोरखापत्र अनलाइनमा खबर छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments