खारखानीमा बसको ठक्करबाट १० छाडा चौपया मरे

कपिलवस्तु: कपिलवस्तुको पूर्व पश्चिम राजमार्गको खारखानीमा बसको ठक्करबाट १० छाडा चौपया मरेका छन्।

मङ्गलबार राति अन्दाजी २ बजे काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको  यात्रु बसको ठक्करले ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिनुभयो।

बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चार गाईगोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?