भारी वर्षाका कारण पहिराले घरगोठ भत्कियो

खेतबारी,सिँचाइ कुलो र खानेपानीको पाइप बगायो

 

बागलुङ :तीन दिनदेखि परेको भारी वर्षाका कारण बागलुङको काठेखोलामा एक घर र गोठ भत्किएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका गोपाल थापाको घर र नरबहादुर मल्लको गोठ भत्किएको हो । पहिरोले घर भत्किएपछि थापाको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

थापाको घर र गोठ भत्किँदा करिब सात लाख बराबरको क्षति भएको उनको भनाइ छ । पहिरो पीडितलाई आवश्यक राहतको व्यवस्था गरिने उनले बताए । अहिले पनि भारी वर्षा भइरहेको हुँदा ग्रामीण सडक अवरुद्ध भएको उनको भनाइ छ । सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको अध्यक्ष लामिछानेले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?