गोरुले हान्दा महिलाको मृत्यु

बाँके: बर्दियाको बारबर्दिया नगरपालिका—४ बरपट्टामा गोरुले हान्दा एक महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

स्थानीय राम गोपाल थारुले चराउँदै गरेको गोरुले हान्दा बुधबार स्थानीय ६४ वर्षीया बुधनी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

गोरुले हान्दा उहाँको छाती र पेटमा गम्भीर चोट लागेर मृत्यु भएको उनले जानकारी गराए। घटनाका सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?