दूध डेरीमा आगलागी हुँदा तीस लाख बराबरको क्षति
पाँचथर : पाँचथरको फिदिममा दूध डेरीमा आगलागी हुँदा तीस लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
फिदिम नगरपालिका–२ लालिखर्क स्थित स्थानीय टिका राईले सञ्चालन गर्दै आएको ‘मिना दुधडेरी’मा शनिबार आगलागी भएको हो ।
आगलागी हुँदा डेरीभित्र रहेको १० क्विन्टल छुर्पी, घ्यु, दूध जाँच्ने सेनेलाइजर, डि– फ्रिज, ४० लिटर क्रिम, डेरी मेसिन, तौल मेसिन पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागी बाट ३० लाख रुपैयाँ बराबरको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ ।
